यी हुन् संसारका सबैभन्दा बढी तलब खाने फुटबलर, कसको कति ?

  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

काठमाडौं, २९ असार । क्रिस्टियानो रोनाल्डो यही साता ८८ मिलियन पाउण्डमा डलरमा रियल मड्रिडबाट युभेन्टसमा अनुबन्धित भए । युभेन्टसमा अब उनले प्रतिसाता ५ लाख पाउण्ड तलब पाउनेछन् । उनको बार्षिक तलब २६.६ मिलियन पाउण्ड हुनेछ । योसँगै उनी संसारका तेस्रो बढी तलब खाने फुटबलर बन्नेछन् ।

हिलो नम्बरमा रहेका बार्सिलोनाका लियोनल मेस्सीले बर्षिक ४०.५ मिलियन तलब बुझ्दा दोस्रो नम्बरमा रहेका पेरिस सेन्ट जर्मेन (पिएसजी)का नेयमारले ३१.७ मिलयन पाउण्ड खान्छन् । युभेन्टस गएसँगै रोनाल्डोले म्यानचेस्टर युनाइटेडका एलेक्सिस सान्चेजलाई भने उछिनेका छन् । सान्चेजले प्रतिबर्ष २३.४ मिलियन डलर तलब बुझ्ने गरेका छन् र चौथो नम्बरमा छन् । यो सूचीमा चाइनिज सुपर लिगका खेलाडी समेत समावेश छन् । पाँचौ नम्बरमा संघाई एसआइपीजीका ओस्कारले २१.१ मिलियन पाउण्ड तलब बुझ्ने गरेका छन् ।

हेुर्नहोस् सूची

१. मेस्सी (बार्सिलोना): ४०.५ मिलियन पाउण्ड
२. नेयमार (पिएसजी): ३१.७ मिलियन पाउण्ड
३. क्रिस्टियानो रोनाल्डो (युभेन्टस): २६.६ मिलियन पाउण्ड
४. एलिक्सेस सान्चेज (म्यानचेस्टर युनाइटेड): २३.४ मिलियन पाउण्ड
५. ओस्कार (संघाई एसआइपीजी): २१.१ मिलियन पाउण्ड
६. एजेक्वेल लभेजी ( हेभी फच्र्यून): २०.२ मिलियन पाउण्ड
७. मेसुट ओजिल (आर्सनल): १८.२ मिलियन पाउण्ड
८. हल्क (संघाई एसआइजीपी): १७.६ मिलियन पाउण्ड
९. केलियन एमबाप्पे (पिएसजी): १५.९ मिलियन पाउण्ड
१०. पल पोग्वा (म्यानचेस्टर युनाइटेड):  १५.४ मिलियन पाउण्ड

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 − 83 =