ब्राजिलका डिफेन्डर विलियन भित्र्याउन चेल्सीसामु बार्सिलोनाको दोस्रो प्रस्ताव, ६० मिलियन खर्चिने

  • 766
  •  
  •  
  •  
  •  
    766
    Shares

काठमाडौं, २९ असार । बार्सिलोनाले चेल्सीका विंगर विलियन भित्र्याउन ६० मिलियन पाउण्डको दोस्रो प्रस्ताव राखेको छ । चेल्सीले विलियनका लागि राखेको ५० मिलियनको पहिलो प्रस्ताव अस्विकार गरेको थियो ।

बार्सिलोनका म्यानेजर अर्नेस्टो भलभर्डेले आगमी सिजनमा मिडफिल्ड र अट्याक बलियो बनाउन विलियनलाई अनुबन्ध गर्ने योजना बनाएका हुन् ।

गत सिजनमा ला लिगा र कोपा डेल रे जिते पनि च्याम्पियन्स लिगमा खाएको धक्का भलभर्डेले बिर्सन सकेका छैनन् । इनिएस्टा र पाउलिन्हो क्लबबाट बाहिरिएपछि उनले विलियन ताकेका हुन् । विलियनले पनि आफ्ना ब्राजिलियन टिममेट फिलिपे काउटिन्होसँग मिलेर खेल्न इच्छा व्यक्त गरेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 24