‘बाबु कान्छा’, ‘बोबी’, ‘वीरंगना’ र ‘यो पागल मन’ गरी चार चलचित्र एक साथ सिनेमा हलमा

  • 105
  •  
  •  
  •  
  •  
    105
    Shares

काठमाडौं, २९ असार । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । शनिबार र आइतबार दुई खेल खेलेपछि विश्वकप चार वर्षका लागि सकिनेछ । विश्वकप सुरु भएको यो एक महिनामा एउटा पनि नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकेन ।यही समयमा बलिउड फिल्म ‘सञ्जु’ ले भनेर संसारभर तीन अर्ब बराबरको व्यापार गरिसकेको छ । नेपालबाट मात्रै पाँच करोड निर्माताले लगेका छन् । तर, नेपाली चलचित्र भने चल्दै चलेनन् । आज शुक्रबार एकसाथ चार नेपाली चलचित्र सिनेमा हलमा लागेका छन् । ती हुन्, ‘बाबु कान्छा’, ‘बोबी’, ‘वीरंगना’ र ‘यो पागल मन’ ।

चारवटै चलचित्रका निर्माताले आफ्नो चलचित्र राम्रो भएको र दर्शकले रुचाउने दाबी गरेका छन् । यसमध्ये ‘बाबु कान्छा’ ‘बोबी’ र ‘वीरंगना’ बीच कडा टक्कर पर्ने भएको छ । ‘बाबु कान्छा’ शोभित बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सलोन बस्नेत र करिश्मा श्रेष्ठको मुख्य अभिनय रहेको छ । सलोन युवा पुस्ताका चर्चित अभिनेता हुन् ।

यस्तै, ‘बोबी’ पनि चर्चामा रहेको चलचित्र हो । चलचित्रका अधिकांश सुटिङ युरोपमा गरिएको थियो । चलचित्रमा विजय लामाको प्रमुख भूमिका रहेको छ । ‘बोबीको निर्देशन मिलन चाम्सले गरेका हुन् । उनले यसअघि ‘हँसिया’, ‘वीरविक्रम’, ‘ब्लाइन्ड रक्स’, ‘लिली बिली’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।

‘वीरंगना’ शिल्पा पोखरेल र अनुपविक्रम शाही अभिनित चलचित्र हो । अनुप अभिनित चलचित्र अहिलेसम्म एउटा पनि नचलेकाले यसबाट उनले धेरै आश राखेका छन् । ‘यो पागल मन’ कल्याण अधिकारीले निर्देशन गरेको चलचित्र हो । यसमा सबै नयाँ कलाकार रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ 7 =