प्लेनमा प्रयोग हुने सामग्री प्रयोग गरि बनाइयो विद्युतीय बाइक

  • 71
  •  
  •  
  •  
  •  
    71
    Shares

काठमाडौं, २९  असार । भारतीय कम्पनी ट्रोन्क्स मोटरले क्रसओभर विद्युतीय बाइक सार्वजनिक गरेको छ । बुधबार भारतमा सार्वजनिक भएको उक्त बाइकको नाम ट्रोन्क्स वान रहेको छ । यो विद्युतीय बाइकको सुश्रवाती मूल्य ४९ हजार ९ सय ९९ भारु रहेको छ । यो मूल्य बाइक सार्वजनिक हुनु अघि बुकिङ गर्नेहरुका लागि मात्र भएको कम्पनीले जनाएको छ ।

यो विद्युतीय बाइक दुई रंग रातो र निलोमा उपलब्ध छ । साइकल जस्तै देखिने यो विद्युतीय बाइलले फुल चार्ज गर्दा ४० देखि ५० किलोमिटरको दुरी तय गर्ने कम्पनीले जनाएको छ । प्रिबुक गर्नेहरुले १६ जुलाईदेखि यो बाइक पाउँछन् । पहिलो ट्रोन्क्स मोटरको नाम भोल्टा मोटर्स थियो ।

ट्रोन्क्स वान बाइक र इलेक्ट्रिक बाइकको क्रसओभर भर्सन हो । यो बाइक २५ किलोमिटर प्रतिघण्टा कुद्न सक्छ र यसमा केही राइड्रि मोड सकेत छ । यो बाइकमा प्लेन बनाउँदा प्रयोग गरिने मटेरियल प्रयोग गरेर बनाइएको कम्पनीको दाबी छ ।

यो बाइकमा १३.६ एएच लिथियम ५०० वाटको व्याट्रि रहेको र यसले ३६ भोल्ट उत्पादन गर्छ । ट्रोन्एक्स वान फुल चार्जमा ५० किलोमटिर कुद्ने र इलेक्ट्रोनिक गेयर असिस्ट मोडमा लगाउँदा ७० देखि ८० किलोमिटर सम्म कुद्ने कम्पनीले जनाएको छ । ट्रोन्एक्स मोटरले ९ वटा सहर मुम्बइ, गोआ, पुने, नयाँ दिल्ली, बैंगलोर, हैदराबाद लगायत सहरबाट सेवा उपलब्ध गराउने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 10