डा.केसीको समर्थनमा हडतालमा उत्रिए टिचिङ हस्पतालका आवासीय चिकित्सक, आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प, माइतीघर मण्डलामा बिरामी जाँच्ने

  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौं, २९ असार । जुम्लामा अनसनरत डा.गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासायी चिकित्सकहरू हडतालमा उत्रिएका छन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले शुक्रबारदेखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको हो ।

‘१३ दिनसम्म पनि अनसनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ,’ नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’केसीको समर्थनमा आन्दोलनमा उत्रेका डाक्टरहरूले आज माइतीघर मण्डलामा बिरामी जाँच्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरूले माइतीघर मण्डलामा ओपिडी सेवा दिने भएका हुन् । माइतीघरमा १० बजेदेखि ओपिडी सेवा सुरु हुने बताइएको छ ।

१४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको माग सुनुवाई गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा केसी १४ दिनदेखि जुम्लामा अनसनमा बसेका छन् । दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । केसीले औषधिसमेत लिन छाडेका छन् । उनको मुटुको चाल कमजोर हुँदै गएको छ । केसीका मागमा सरकार झन् झन् कठोर बन्दै जान थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5