आँशुको आहालमा डुब्यो इंग्ल्यान्ड
330 - 330Shares
काठमाडौं, २९ असार । इंग्ल्याण्डलाई हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरको छ । बुधबार राति भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ गोलले हराउँदै क्रोएसियाले फाइनलमा स्थान पक्का गरेको हो ।
खेल सुरु भएको ५ मिनेटमा नै इङ्ल्यान्डले गरेको गोललाई क्रोयसियाले ६८ मिनेटमा गोल गरी बराबरीमा पुर्याएको थियो। त्यसपछि ९० मिनेट र अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल एक्ट्रा समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयमा १०९ मिनेटमा क्रोयसियाले गोल गर्यो र फाइनल प्रवेश गर्यो।
उसले बेल्जियमलाई पराजित गर्दै पहिलो खेलमा फाइनल प्रवेश गरेको फ्रान्ससँग फाइनल खेल्ने भएको छ। यो सँगै ५२ वर्षपछि फाइनल पुग्ने इङ्ल्यान्डको सपना तुहिइएको छ ।
क्रोएसियासँगको हारपछि समर्थक निकै निराश बनेका थिए । ईङल्याण्ड विश्वकपबाट बाहिरीदा खेल हेर्न आएका समर्थकहरु धेरै रोएका थिए भने रात रात सडकमा रुदै , हारलाई सहन नसकेका कोही समर्थक नसामा चुर भएर सडकमा लडिरहेका थिए । यस्तै केही महिला समर्थकहरु पनि ईङल्याण्डको हारलाई सहन नसकी नसामा चुर सडकमा परेका थिए ।