चीनको औद्योगिक पार्कमा रसायनिक भट्टी विस्फोट, १९ जनाको मृत्यु, दर्जन घाइते

  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं ।चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा रसायनिक भट्टी विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

चीनको सरकारी समाचार संस्था सिन्हृवाले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको उल्लेख गरेको छ । तर , विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन ।
विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको तस्वीरहरु चीनको सामाजिक सञ्जालमा राखिएको बीबीसीले जनाएको छ ।
यो सन् २०१५ पछि ठूलो विस्फोट हो । यसअघि सन् २०१५ मा उत्तर(पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 + = 62