‘मलाई एनिएष्टा र जाभीसँग तुलना नगर्नुस्, म आर्थर हुँ म एउटा इतिहास बनाउन चाहन्छु’

  • 636
  •  
  •  
  •  
  •  
    636
    Shares

काठमाडौँ,२९ असार । हालै बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन मिडपिल्डर आर्थरले आफुलाई एनिएष्टा र जाभीसँग तुलना नगर्न भनेका छन् । उनलाई बार्सिलोनामा अनुबन्धित भएपछि एनिएष्टा र जाभीको रुपमा हेर्न थालिएपछि उनले यस्तो बताएका हुन् ।

‘म यहाँ हुँदा धेरै खुसी लागेको छ । यो मेरो बच्चै देखिको सपना हो । म इनिएष्टा र जाभी होइन आर्थुर हुँ,’ उनले भनेका छन्, ‘उनीहरुसँग तुलना गर्नु राम्रो कुरा हो, म उनीहरुको प्रसंशक हुँ । तर म उनीहरुजस्तो बन्न सक्दिनँ । म आफैंलाई यहाँ सावित गर्न चाहान्छु, म आर्थुर हुँ ।’

इनिएस्टा र जाभीले बार्सिलोनामा धेरै गरेको र आफुले पनि त्यस्तै इतिहास बनाउन चाहेको उनको भनाइ थियो । महान खेलाडीसँग खेल्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै उनले ती खेलाडीसँग आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताए ।

‘मैले बच्चा हुँदा बार्सिलोनामा ब्राजिलियन खेलाडीले खेलेको देखेको थिएँ, त्यही बेला मैले बार्सिलोनामा खेल्ने सपना पालेको हुँ । मैले काउटिन्हो, पाउलिन्हो र नेयमारसँग कुरा गरेँ । उनीहरुले पनि यो एक राम्रो शहर भएको बताए,’ उनले भने, ‘उनीहरुले मलाई सहयोग गरेका छन् र गर्नेछन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 2