विश्वकै लामो नङ्ग ६६ वर्षमा काटियो, म्युजियममा राखिने (भिडियो)

  • 381
  •  
  •  
  •  
  •  
    381
    Shares

एजेन्सी,२९ असार । ६६ वर्ष लगाएर पालेको नङ्ग काट्न दुई मिनेट पनि लागेन ।

एउटा हातमा सबैभन्दा लामो नङ्ग पालेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका भारतका पुणे निवासी श्रीधर चिल्लले अन्ततः आफ्नो ६६ वर्षसम्म जतन गरि पालेको नङ्ग काटेका छन् । ८२ बर्षीया चिल्ललले १४ वर्षको उमेरदेखि आफ्नो बायाँ हातको नङ्ग बढाउदै आएका थिए ।

उनलाई यो कार्य गर्ने प्रेरणा उनले एक पटक आफ्नो एक शिक्षकको पालिरहेका नङ्ग भाचिदिए पछि शिक्षकको बचनले आएको थियो । शिक्षकले चिल्लरलाई आफैले नपालेसम्म नङ्ग लामो पाल्न कति कठिन हुन्छ थाहा हुँदैन भनेर रिस व्यक्त गरेका थिए ।

शिक्षकको भनाईले चिल्लरको मन छोयो । त्यसपछि पाल्न थालेको उनको नङ्ग अघिल्लो पटक नाप्दा २९ फिट १०.१ इन्च लामो थियो । उनको सबैभन्दा लामो नङ्ग उनको बुढी औलामा थियो ।

तर यत्रो नङ्ग लिएर बाँच्नु सजिलो काम भने थिएन । चिल्लरका अनुसार उनको नङ्ग यति कमजोर थियो कि सुत्दा नभाच्चीयोस् भनेर उनी उनी ख्याल गरेर सुत्थे । उनले भने, ‘नङ्गको सुरक्षाको लागि मैले धेरै हलचल गर्नु हुँदैनथ्यो ।

त्यसैले हरेक आधा घण्टामा म उठ्थें र हात अर्को तर्फ फर्काउथेँ ।’ उनी यसै कारण नित्य पीडामा हुन्थ्यो । तर उनको नङ्गले केही फाइदा पनि ल्याउँथे । ‘मैले कहिले पनि लाइनमा उभिनु परेन,’ उनले गिनिज बुक रेकर्डस्सँगको कुरामा भने ।

यो ऐतिहासिक नङ्ग काट्ने समारोह टाइम्स स्क्वायरस्थित रिप्लीज विलिभ इट अर नट संग्रालयमा सम्पन्न भएको थियो । चिल्ललको काटिएको लामो नङ्ग यहीँ सार्वजनिकमा प्रदर्शनमा राखिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 ÷ = 1