जब रुवायो आफ्नै कथाले , बोल्दा बोल्दै रोकियो आवाज ! (भिडियो)

  • 635
  •  
  •  
  •  
  •  
    635
    Shares

 काठमाडौँ , चलचित्र ‘बोबी’ आज बाट प्रदर्शनमा आएको छ । बुधबार आयोजना गरिएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्म ‘बोबी’मा यसका प्रमुख कलाकारको रियल लाइफमा घटेका घटना देखाइएका छन् । त्यसैले पनि फिल्मलाई लिएर यसका लिड कलाकार उमेश थापा र कविता गुरुङ उत्साहितका साथै नर्भस पनि उत्तिकै छन् ।

मिडिया एन पी संग कुरा गर्दै रियल जोडी उमेश र कविताले आफ्ना जीवनका केहि रमाइला र दुखका पल सुनाए । पोखरामा पहिलो पटक भेटेका यी जोडीका प्रेम परिणत भयो भागि बिवाहमा तर यहि निर्णयले लियो जीवनकै अग्निपरीक्षा । १५ वर्ष सम्म माइती बाट नबोलाउदाको पिडा सम्झिँदा कबिता भाबुक बनिन् ।

बोल्दा बोल्दै उनका आवाज रोकिए । लुकेर दिदि संग भेट्दाका पल सम्झिँदा उनि झन् भक्कनिएर आईन् । जे होस् आज भोलि भने सबै परिवार मिलेको बताउने उमेश भन्छन् ‘कथा बुझ्नेलाइ फिल्म अवस्य मन पर्ने छ ‘। फिल्मले पब्लिकबाट कस्तो साथ र प्रतिक्रिया पाउँछ त्यो भने केहि दिनमै थाहा हुनेछ । फिल्मलाई ‘लिलिबिली’ निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 ÷ = 1