‘सगरमाथा म्युजिक अवार्ड २०७५’ असोजमा

  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौँ, २ असार । ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ आगामी असोजमा हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको म्युजिक अवार्डका लागि असार १ गतेबाट खुल्ला भएको आवेदन फारम आगामी साउन ३१ गतेसम्म भरिसक्नु पर्ने आयोजक संस्था रेस्पोन्सिभ मिडियाले जनाएको छ ।

जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको यस अवार्डको गरिमा र विश्वसनियामा कुनै कमि हुन नदिने आयोजक संस्थाले जनाएको छ ।

कला र सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट सञ्चालित रेस्पोन्सिभ मिडिया प्रालिले गर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

46 − = 41