नम्रता पछि साम्राज्ञी संग कस्तो जम्ला आर्यनको जोडी ? (भिडियो)

  • 154
  •  
  •  
  •  
  •  
    154
    Shares

काठमाडौँ , अभिनेता आर्यन सिग्देलको पछिल्लो फिल्म ‘कायरा’ रिलिजको नजिक छ । यतिबेला यसका लिड कलाकार आर्यन सिग्देल र नायिका साम्राज्ञी यसको प्रोमोसनमा ब्यस्त छन् । रोमान्टिक फिल्ममा बढी रुचाइएका आर्यनको यो फिल्म पनि लभ स्टोरिमा नै आधारित छ । फिल्मको ट्रेलर र दुइ गीत सार्बजनिक भैसकेका छन् र यिनले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

आर्यन सिग्देल र साम्राज्ञीको जोडीलाइ पनि दर्शकले रुचाएका छन् । यस अघि आर्यन सिग्देलको बेस्ट स्क्रिन पेयरको रुपमा अभिनेत्री नम्रता श्रेष्ठलाइ लिने गरिएको छ। यी दुइ अभिनित अधिकांस फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन् । अब हेर्नु यो छ , ‘कायरा’मा आर्यन सिग्देलको जोडी बनेर आएकी साम्राज्ञी संग उनको जोडी कतिको जम्ला त । आर्यन सिग्देल इण्टर्टेन्मेण्ट र R & R Production को संयुक्त प्रस्तुति रहेको फिल्मलाई ळक्ष्मन रिजालले निर्माण तथा निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =