गायक आनन्द कार्कीको श्रीमतीको दुवै मृगौला फेल (भिडियोसहित)

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

काठमाडौँ, १७ साउन । नेपली गीत संगीतको बजारमा थुप्रै चर्चित गीत गाएर धरैलाई आनन्द दिएका गायक आनन्द कार्की यतिबेला आफैँ पीडामा छन् । उनी आफ्नी श्रीमतीको मृगौला फेल भएपछि पीडामा परेका हुन् । उनकी श्रीमती इश्वरी कार्कीको दुवै मृगौला फेल भएको छ । विगत ९ वर्षदेखि मधुमेहबाट पीडित कार्कीको दुवै मृगौला फेल भएपछि अब डाइलोसिससँगै दुवै मृगौला फेर्नुपर्ने चिकित्सकले बताएका छन् ।

मृगौला परिवर्तनका लागिउनले अहिले आफ्ना आफन्तहरुसँग हारगुहार गरिरहेका छन् । नेपालमा मधुमेहको उपचार गराइरहँदा नै चिकित्सकको सल्लाहमा भारतमा उपचारका लागि गएपछि बल्ल दुवै मृगौला फेल भएको पत्ता लागेको थियो ।

नेपाली चिकित्सकले सुरुमा नै मृगौला फेल भएको नबताइदिएर आफूले दुःख पाएको गायक कार्की बताउँछन् । कार्र्की भन्छन्, ‘डाइलोसिस् निशुल्क भए पनि औषधि महँगो छ । अहिले देश विदेशबाट सहयोग आइरहेको छ । सहयोग गर्नुहुने सबैलाई धन्यवा !

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 3