दाँत बलियो र श्वास गन्हाउदा यसरी प्रयोग गर्नुहोस घरेलु औषधी मरिच (भिडियो सहित)

  • 232
  •  
  •  
  •  
  •  
    232
    Shares

काठमाडौँ । कालो मरिचको हामी चिया, सलाद वा अचार बनाउने लगायतका काममा प्रयोग गछौँ । कतिपय अवस्थामा यसको हामी घरेलु उपचार पनि गर्ने गछौँ । स्वभावैले पिरो हुने कालो मरिचलाई कतिपयले भने मन पराउँदैनन् । तर यसमा विद्यमान तत्वहरु हाम्रो शरीरको लागि अति महत्वपूर्ण रहेको छ । आज हामी कालो मरिचको फाइदाबारे जानकारी दिन गइरहेका छौँ ।

१. आधा चम्चा पिसेको मरिचको धुलोमा थोरै घ्यू मिलाएर बिहान–बेलुका नियमित सेवन गर्दा आँखाको ज्योति बढ्छ ।

२. महमा पिसेको मरिचको धुलो लगाएर दिनको ३–४ पटक चाट्नाले घाँटीको खसखस बन्द भएर जान्छ ।

३. कालो मरिचमा एन्टी अक्सिडेन्ट हुन्छ । यसले एन्टी व्याक्टेरियाको काम गर्छ । यसले शरीर सुचारु राख्न सहयोग गर्छ ।

४. पेटमा ग्याँस भरिएर फुलेमा कालो मरिच खानुहोस् ।

५. कालो मरिचलाई सियोले छेडेर दियो वा बत्तीमा जलाउनुहोस् । यसरी जलाउँदा निस्केको धुँवा नाकले भित्र तान्नुहोस् । यसले टाउको दुखेको निको हुनुका साथै हाँच्छिउ आउन समेत छोड्छ ।

६. २० ग्राम कालो मरिच, १० ग्राम जीरा, १५ ग्राम सख्खर वा मिश्री पिसेर हरेक दिन बिहान–बेलुका पानीको साथ पिउनुहोस् । बवासिर निको हुन्छ ।

७. आटाको पिठोमा कालो मरिच र घ्यू मिसाएर हरेक बिहान–बेलुका सेवन गर्दा आँखाको साथै मष्तिष्क स्फुर्त रहन्छ ।

८. कम रक्तचापको रोगीले दिनमा ३ देखि ५ पटक पाँच दाना कालो मरिचको साथमा १–२ वटा किसमिस सेवन गर्नुहोस् ।

९. कालो मरिच, हींग, कपुर ५÷५ ग्राम लिएर चूर्ण बनाउनुहोस् । त्यसलाई बराबर मात्रामा लिएर स–साना डल्ला बनाउनुहोस् । यसलाई हरेक ३ घण्टाको फरकमा सेवन गर्दा उल्टी बन्द हुन्छ ।

१०. सर्दीले सताएमा कालो मरिच ४÷५ दाना पिसेर एक कप दूधमा पकाउनुहोस्् । र रहेक बिहान–बेलुका सेवन गर्नुहोस् ।

११. एक चम्चा महमा कालो मरिचको ४÷५ दाना पिसेर लगाउनुहोस् । त्यसमा एक चिम्टी बेसार राखेर पिउनाले कफ निस्कन्छ ।

१२. कालो मरिच चियाको साथमा पिउँदा सर्दी, खसखस, भाइरल इन्फेक्सन लगायतको रोगबाट राहत मिल्छ । खाएको कुरा राम्ररी पच्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 4