तरुण दल दोलखाका उपाध्यक्ष तामाङमाथि सुतेकै ठाउँमा खुकुरी प्रहार, अवस्था गम्भीर

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

दोलखा, २० साउन । नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङको ज्यान लिने प्रयास भएको छ । शनिबार राति घरमा सुतेकै ठाउँमा उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट तामाङको दाहिने खुट्टाको घुँडा र अनुहारमा गहिरो चोट लागेको छ ।

घाइते तामाङको चरिकोटको स्थानीय अस्पतालमै उपचार भएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । तामाङमाथि खुकुरी प्रहार गर्ने किशोर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते तामाङले आफ्नो खुट्टा छिनाउने गरी आक्रमण भए पनि संयोगले बचेको बताएका छन् ।

नेपाल तरुण दलले घटनामा संलग्न केसीलाई ज्यान मार्ने उद्योगअन्तर्गत कडा काबाहीको माग गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले आक्रमणकारीलाई कसैको दबाबमा परी उन्मुक्ति दिने प्रयास भए त्यो आफूहरुले प्रतिवाद गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 ÷ 25 =