घुँडा दुखेको अचुक औषधि हो कागती, यसरी प्रयोग गर्नुस् (भिडियो सहित)

  • 585
  •  
  •  
  •  
  •  
    585
    Shares

काठमाडौँ ।  “धार्मिक कथन नै छ, कागतीमा विँया नभएको भए अमृत हुन्थ्यो ।” कागती विँया भएर अमृत नभए पनि अमृत समान नै हो । किनकी कागतीमा रहेका गुणले मानव शरिरको लागि अमृत समान काम गर्छ । यसको सेवनले शरिरमा फाइदा त गर्छ नै, बाहिरी सौन्दर्यको लागि पनि उति नै काम गर्छ । कागतीलाई तपाई जुन रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । आज हामी अमृत समान कागतीको गुण उपयोगिता र फाइदाबारे जानकारी दिँदैछौँ ।

कागतीमा पाईने पोषक तत्व
१ पोटासियम
२ क्याल्सियम
३ फाईबर
४ फस्फोरस
५ म्याग्नेशियम
६ भिटामिन सी
७ आइरन
८ भिटामिन ए
९ प्रोटिन
१० कार्वोहाईड्रेट
कागतीका फाइदाहरु
१ किड्नी स्टोन ठीक गर्छ
आधा कप कागतीको जुस बनाएर पिउनाले पिशाबमा एसिडको मात्रा बढाउँछ, साथै अन्य विषालु पदार्थ पनि बाहिर निस्कन्छ । यसका साथै कागतीमा पाइने क्याल्सियमले किड्नीमा भएको स्टोन पगालेर निकाल्छ ।
२. घाँटी दुखेमा
तपाईको घाँटी दुखेमा कागतीको रसमा मह मिसाएर पिउनुहोस् तपाईको घाँटी दुखेको निको हुन्छ ।
३. ज्वरो आएमा
तपाईको शरिरमा ज्वरो आएमा कागतीको रस पिउनुभयो भने तपाईको शरिरको तापक्रम घटेर आउँछ र ज्वरो निको हुन्छ ।
४. दाँत दुखेमा
तपाईको दाँत दुखेको छ भने कागतीको रस दुखेको ठाउँमा लगाउँदा निको हुन्छ ।
५. तौल घटाउन परेमा
तपाईको तौल अनावश्यक बढेर हैरान हुनुभएको छ भने विहान उठेर कागतीको ६ देखि ८ थोपा रसमा मन तातो पानीको साथ लिनुहोस् । यसो गर्नाले तपाईको तौल घटेर आउँछ ।
६. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
कागतीको रस हरेक विहान उठेपछि खाली पेटमा पिउने गर्नुभयो भने तपाईको पेट सफा भएर आउँछ । पाचन प्रणालीमा सुधार गर्छ । खाली पेटमा कागतीको रस पिउँदा शरिरको टोक्सिन बाहिर आउँछ र शरिर स्वस्थ राख्छ । यसले दिमागको कोशिका ताजा राख्छ ।
७. अनुहारमा चमक ल्याउँछ
तपाईले कागतीको रस अनुहारमा लगाउने गर्नुभयो भने अनुहार चम्किलो भएर आउनेछ । त्यति मात्र हैन अनुहारको कालो धव्वा दाग समेत दूर भएर जानेछ ।
८. कपाल टुक्रेमा
कागतीको रस कपालमा समेत लगाउन सक्नुहुन्छ । यसो गर्नाले तपाईको कपाल टुक्रने समस्या हटेर जान्छ । कपाल सुन्दर र बाक्लो लामो समेत भएर आउँछ ।
९. सास गनाएमा
तपाईको सास गनाएर हैरान हुनुभएको छ भने कागती सेवन गर्नुहोस् । यसको नियमित सेवनले सास गनाउन छोड्छ । त्यति मात्र होइन गलाको इन्फेक्सन समेत हटाउँछ ।
१० उच्च रक्तचापको समस्याबाट मुक्त
तपाईमा उच्च रक्तचापको रोग छ भने तपाई कागतीको नियमित सेवन गर्नुहोस् । यसमा हुने विभिन्न तत्वले उच्च रक्तचाप नियन्त्रण गर्नमा मद्धत गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 ÷ = 17