नायक आर्यन सिग्देलको आज जन्मदिन, ‘कायरा’ सफलतासँगै दंग छन् उनी

  • 2.5K
  •  
  •  
  •  
  •  
    2.5K
    Shares

काठमाडौं, २० साउन । नायक आर्यन सिग्देलको आज जन्मदिन । सन् १९८४ अगस्ट ५ तारिखका दिन सुर्खेत जिल्लाको गोठिकाडामा हरिश सिग्देलका रूपमा जन्मिएका उनी आज आफ्नो ३५औं जन्मदिन मनाउँदैछन् । यतिबेला उनले अभिनय गरेको ‘कायरा’ चलचित्र रिलिज भएको छ ।

आर्यन सिग्देलले ‘किस्मत’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका हुन् । उनले अहिलेसम्म तीन दर्जन चलचित्रमा अिभनय गरेका छन् । सुर्खेतबाट उनको परिवार पछि काठमाडांैको थानकोटमा बसाइँ सरेको थियो । आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहिँ मंगलदोय उच्च माविबाट गरेका थिए ।

चलचित्र अभिनयका साथै आर्यन निर्माता पनि हुन् । उनले यसअघि ‘नोभेम्बर रेन’, ‘क्लासिक’ मा लगानी गरेका थिए । ‘कायरा’ मा आर्यनको पनि लगानी रहेको छ । उनले तीन वर्षअघि सपना भण्डारीसँग बिहे गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 58 = 67