जाजरकोट पहिरोः पुरिएर मृत्यु हुनेको संख्या ८ पुग्यो, अझै एक बेपत्ता, खोजी कार्य जारी

  • 143
  •  
  •  
  •  
  •  
    143
    Shares

जाजरकोट, २० साउन । जाजरकोटको भेरी नगरपालिकाको वडा नम्बर–३मा अविरल बर्षासँगै खसेको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

आइतबार बिहान खसेको पहिरोले स्थानीय रत्नबहादुर बोहराको घरमा डेर गरी बस्ने लालबहादुर लोहरका परिवारका २७ वर्षीया सितली लोहार, १० वर्षीय रञ्जन लोहार, ५ वर्षीया मणीषा लोहार, ३ वर्षीया भगवती लोहार र बोहोराकी छोरी ८ वर्षीय नोजमा लोहारको मृत्यु भएको छ ।

लालबाहदुर लोहारको जिवितै उद्धारपछि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सोही पहिरोले गोपाल सुनारको पनि घर बगाएको छ भने चारजनाको मृत्यु भएको छ । मृतकको शव सबैको शव निकालिएको प्रहरीले जनाएको छ । ।
अझै एकजना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

तस्बिरः निरज आचार्यको फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

46 − = 43