शाहरुखकी छोरी सुहानाको फोटो म्याग्जिन कभरमा छापिएपछि बलिउडमा विवाद

  • 133
  •  
  •  
  •  
  •  
    133
    Shares

एजेन्सी,२० साउन । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको तस्वीर म्याग्जिन कभरमा छापिएपछि बलिउडमा चर्को विवाद आएको छ ।

फेसन तथा लाइफस्टाइल म्याग्जिन भोगको भारतीय संस्करणको कभर पेजमा सुहानाको फोटो छापिएपछि उनी सामाजिक सञ्जालमा निकै विवादित बनेकी हुन् । सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ । उनी म्याग्जिन कभरको लागि फिट हुने बेला नभएको बताइएको छ ।

वर्षौ देखि बलिउडमा सघर्ष गरेका कलाकार यो स्थानमा नपुगेको भन्दै सुहानाले बलिउडको लागि केही नगरेको आरोप समेत लगाएका छन् । उनको आलोचना गर्नेमा बलिउडका चर्चित अभिनेत्री समेत रहेको पाइएको छ ।

सुहाना आफैले एक अन्तरर्वातामा आफु भविष्यकी स्टार भएको बताएकी छन् । उनका आलोचकहरुले बाबु शाहरुखको कारण सुहानाले कुनै दुःख नगरि यो स्थानमा पुग्नु योग्य नभएको जिकीर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 3