सलमानलाई अदालतको यस्तो आदेश

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

एजेन्सी,२० साउन । बलिउडका स्टार सलमान खानलाई देश छोडेर विदेश जान अदालतको आदेश लिनुपर्ने भएको छ । सलमानले विदेश जाने स्थायी अनुमती मागेका थिए । तर सलमाको उक्त अपिल जोधपुर डिस्ट्रिक एण्ड सेशन कोर्टले खारेज गरिदिएको छ ।

जसमा सीजेएम ग्रामीणद्वारा सलमान खानमाथि बिना अनुमति विदेश यात्रा गर्न लगाएको रोक हटाएर विदेश यात्राको स्थायी अनुमति दिन माग गरिएको थियो। अदालतले उनको अपिललाई अस्वीकार गर्दै अदालतको आदेश विपरित विदेश आउन जान नपाउने नियम लागु गरेको छ ।

शनिबर भएको सुनुवाइले सलमानको उक्त अपिललाई खारेज गर्दै विदेश जानु अघि अदालतले आदेश दिनुपर्ने भएको हो । अगस्ट १० देखि २६ सम्म सलमानले आबुदाबी र माल्टा जाने अनुमती मागेका छन् भने उक्त मागको सुनुवाइ हुन बाँकी रहेको छ । यस अघि १९९८ मा सलमान खान जोधपुरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ है’ को शुटिङ गरिरहेका थिए।

उनीसँग फिल्मका अन्य कलाकार सैफ अलि खान सोनाली बेन्द्रे, तब्बू र नीलम पनि शिकार गर्न गएका थिए । अन्य कलाकारले कालो हरिण शिकार गर्न उक्साएको आरोप लाग्यो । अदालतबाट दोषी ठहर भएका सलमान बाहेक अन्य कलाकारलाई अदालतले सफाइ दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

69 ÷ = 69