टाउको मुडुलो बनाएपछि सोनालीले भावुक हुँदै लेखिन् यस्तो स्ट्याटस्

  • 309
  •  
  •  
  •  
  •  
    309
    Shares

एजेन्सी,२० साउन । केहि समयदेखि क्यान्सरको उपचार गराइरिहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले नयाँ फोटो सार्वजकि गर्दै निकै भावुक स्ट्याटस लेखेकी छन् । उनले यो पटक झन निकै दर्दानक तस्विर सेयर गरेकी छन् उनको यो तस्वीरले उनका फ्यानहरु समेत झसंग बनाउने छ ।

उनले किमो लिइरहेको भएकाले पनि कपाल मुडुलो बनाएको हुन सक्ने अनुमान गरिएको छ ।
उनी यति धेरै अस्वस्थ हुँदा पनि उनको अनुहारमा मुस्कान भने टुटेको छैन् । उनले क्यान्सले आफ्नो लुक नै बिगारेको बताएकी छन् ।

तस्वीर सेयर गर्दै आफ्ना फ्यानहरुसँग मनको दुःख साटेकी छन् । यो पल मेरो जिन्दगीको सबैभन्दा खास हो । अब म हरेक सानो भन्दा सानो पल पनि राम्रोसँग बाँच्ने कोसिस गर्दैछु । यो समय मेरो लागि पीडादायक छ तर म यो समयलाई त्यसरी नै बाँचिरहेकी छु जसरी बाँच्न चाहेकी छु ।

कयौँ पिडालाई बिर्सिएर म खुसी खोजिरहेको छु । म आफ्ना साथीहरुप्रति आभारी छु जसले बलियोसँग मलाई साथ दिइरहेका छन् । मलाई एक छिन पनि एक्लो महसुस गर्न दिएका छैनन् ।’ उनलाई भेट्न ऋतिक रोशन सहित उनकी पुर्व पत्नी सैजुन अस्पताल पुगेका थिए । उनीहरुसँगै फिल्म ‘स्वदेश’ कि अभिनेत्री गायत्री पनि पुगेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 ÷ = 8