‘कायरा’ को २ दिनको कमाइ करोडको हाराहारीमा

  • 704
  •  
  •  
  •  
  •  
    704
    Shares

काठकाडौँ,२० साउन । नेपाली सिने जगतका चर्चित अभिनेता आर्यन सिग्देलको फिल्म ‘कायरा’ नेपालका विभिन्न हलहरुमा प्रदर्शन भइरहेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त फिल्मले निकै राम्रो कलेक्सन गरेको छ ।

पहिलो दिन ३४ लाख ६५ हजार भन्दा बढी कलेक्सन गरेको फिल्मले उपत्यका भित्र भन्दा बढी उपत्यका बाहिर बाट २४ लाख कलेक्सन गर्न सफल भएको थियो । दुई दिनमा ९६ लाख ६५ हजार भन्दा बढी कलेक्सन गरेको छ । फिल्मले आईतबारको कलेक्सन जोड्दा करोड बढी कलेक्सन गर्ने अनुमान गरिएको छ ।

फिल्ममा आर्यन र साम्राज्ञीको जोडीलाई दर्शकले निकै रुचाएका छन् । फिलिपिन्समा सुटिङ गरिएको उक्त फिल्ममा रोजेट काय पाब्लो नाम गरेकी फिलिपिनी नायिका ,शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा लक्ष्मण रिजालले निर्देशन गरेका छन् भने दिनेश थापा र दिवस पराजुली सह निर्माताको रुपमा काम गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 34 = 39