यौन शक्ति बढाउन इमली (भिडियो सहित)

  • 250
  •  
  •  
  •  
  •  
    250
    Shares

इमली(तित्री)को नाम सुन्ने वित्तिकै हामी जो कोहीको पनि मुखबाट पानी आउँछ । अमिलो मन पराउनेको लागि त इमली (तित्री) विषेश फल नै हो । इमली खाने मात्र हैन औषधीय गुण भएको फल पनि हो । इमलीको फल संगै पात, फल र बोक्राको समेत औषधी हुन्छ ।
इमलीको फाइदाहरु यस्ता छन् ः

१. दर्द भएमा
शरिरमा दर्द भएमा इमलीको बोक्रा पिसेर दर्द भएको ठाउँमा लगाउने । करिव ६ महिना यसो गर्नाले दर्द निको भएर जान्छ

२. यौन तागतमा बृद्धि
इमलीको विँयालाई सख्खरसंग मिलाएर खानाले यौन शक्ति बढेर आउँछ । त्यसका साथै वीर्यको सक्रियता पनि बृद्धि हुन्छ ।

३. क्षयरोगीलाई हितकारी
इमलीको विँयालाई चुर्ण बनाएर सेवन गर्नाले क्षयरोगीलाई फाइदा गर्छ । त्यसले रगत पनि सफा गर्छ, साथै शरिरको पहेँलोपना समेत हटाउँछ ।

४. सुजनको समस्या भएमा
सुजनको समस्या छ भने इमलीको फलसंग त्यति नै मात्रामा मिश्री मिलाएर १० ग्रामको दरले वा वैद्यको सल्लाह अनुसार सेवन गरेमा सुजनको समस्या हल भएर जान्छ ।

५. पेटको विकार हट्छ
पेटमा विकार भएमा इमलीको सर्वत बनाएर पिउनाले विकार हट्छ । सर्वतको साथमा दालचिनी, अलैैँची वा मिश्री मिलाएर पिउनाले अझ फाइदा गर्छ ।

६. हड्डी मर्केमा
हड्डी मर्केमा इमलीको फलको पेष्ट बनाएर लगाउनाले राहत मिल्छ ।

७. कान दुखेमा
कान दुखेमा ईमली फल र तीलको तेल मिलाएर पकाएर लगाउने, आराम मिल्छ ।

८. नसा नउत्रेमा
मादक पदार्थ सेवन गरेपछि लामो समयसम्म त्यसको नसा लागिरहेका इमलीको फल निचोरेर सख्खर संग मिलाएर खाएमा नसा हटेर जान्छ ।

९. उल्टी लागेमा
कसैलाई बारम्बार उल्टी भईरहेमा इमलीको रसको जुस बनाएर पिउनाले उल्टी रोकिन्छ ।

१०. छालाको रोग भएमा
कसैमा छालाको रोग भएमा इमलीको पातको रस बनाएर लगाउने गर्नाले ठिक हुुन्छ ।

११. विषालु किराले टोकेमा
विषालु किराले टोकेमा इमलीको पातको रस निकालेर नुनसंग मिलाएर लाईदिनाले राहत मिल्छ ।

१२. हाईड्रोशिल भएमा
हाईड्रोशिलका विरामीले इमलीको पात प्रयोग गर्न सक्छन् । तर त्यसको लागि भने चिकित्सकको सल्लाह लिन जरुरी छ ।
इमलीको फाईदा संगै बेफाईदा पनि छन् । इमलीको अधिक सेवनले यी वेफाइदा पु¥याउँछन् ः

१. दाँत कुँडिने
धेरै मात्रामा इमली खाएमा दाँत कुँडिन्छ । त्यति मात्र होईन दाँतको इनामेल खिईन्छ ।

२. छालाको रोग देखा पर्न सक्छ
लगातार इमली खाईरहेमा छाला सम्वन्धी विभिन्न रोगहरु समेत देखा पर्न सक्छ ।

३. पत्थरी हुन सक्छ
अधिक मात्रामा इमलीको सेवन गर्नाले पत्थरी समेत हुन सक्छ ।

४. रुघा खोकी बढ्छ
सामान्य रुघा खोकी लागेको बेला इमली सेवन गर्यो भने यसले झन समस्यामा पार्छ । त्यसैले रुघा खोकी लागेको बेला इमली खाँदै नखानुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 8 =