काठमाडौं उपत्यकाका सम्पूर्ण नदी र खोलामा बाढी, लुभुमा आएको बाढीले गाडी बगायो (भिडियो र तस्बिर)

  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

काठमाडौं, २१ साउन । लगातारको वर्षाले काठमाडौं उपत्यकामा रहेका नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान शाखाका अनुसार काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमतीलगायतका नदीमा पानीको बहाब बढ्दो क्रममा रहेको छ ।

शाखाले बाग्मती–खोकना बाढी केन्द्रमा बहाव सतर्कता तह नजिक र बढ्दो क्रममा रहेकाले होचो क्षेत्रमा डुवान हुन सक्ने भन्दै सतर्क रहन अपिल गरेको छ । साथै, बागमती तराईको क्षेत्रमा दिउँसो २ बजेतिर सतर्कता तह नजिक पुग्न सक्ने भएकाले बाढीको उच्च सम्भावना रहेको छ ।

ललितपुरको लुभु, कर्मनासा खोलामा भीषण बाढी आएको छ । लुभुमा आएको बाढीले सडकमा गुडेको गाडी नै बगाएको छ । गोदावरी जलाधार क्षेत्रमा आइतबार रातिदेखिको अविरल वर्षाले अहिले त्यस क्षेत्रका अधिकांश भूभाग जलमग्न बनेका छन् ।
तस्बिर: डिल्ली आचार्यको फेसबुक

Posted by Ramkrishna Chitrakar on Sunday, August 5, 2018

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

38 + = 44