राजेश हमाल ढिकी कुट्ने, पत्नी मधु घान लगाउने

  • 754
  •  
  •  
  •  
  •  
    754
    Shares

काठमाडौं, २१ साउन । लोकप्रिय अभिनेता राजेश हमाल अहिले युरोप भ्रमणमा छन् । विगत दुई सातादेखि उनी बेलायतमै छन् । विदेश भ्रमणमा यसपटक राजेशले पत्नी मधु भट्टराईलाई लगेका छैनन् । उनका साथमा सहयोगी रोशन हमाल छन् ।

नेपालका विभिन्न सहरको भ्रमणमा जाँदा भने राजेशले आफूसँगै पत्नी मधुलाई पनि लैजाने गरेका छन् । खासगरी राजेश र मधु पर्यटकीय क्षेत्र घुम्न मन पराउँछन् । यसैक्रममा राजेश हमाल र मधु भट्टराईको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ । जसमा राजेश हमाल ढिकी कुट्दै गरेको र पत्नी मधु नाङ्लो अगाडि राखेर कुचोले सामग्री उठाउन लागिरहेको देखिन्छ ।

नेपालकै कुनै पहाडी क्षेत्रमा घुम्न जाँदा ढिकी देखेपछि दुवैले पोज दिएर तस्बिर खिचाएका हुन् । पछिल्लो समय नेपालमा ढिकीबाट अन्न कुट्ने प्रचलन लोप हुँदै जान थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 ÷ 1 =