यस्तो बन्यो ‘नाइँ नभन्नु ल ५’ को बाल गीत

  • 563
  •  
  •  
  •  
  •  
    563
    Shares

काठमाडौँ , चर्चित सिरिज ‘नाइँ नभन्नु ल ५’ को बाल गीत सार्वजनिक भएको छ । ‘बालापनको उमेर’ बोलको गीतमा समिक्षा अधिकारिले आवाज दिएकि छिन् । बसन्त सापकोटाको शब्द तथा संगीतमा बनेको गीतको भिडियोमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् भने कविराज गहतराजले कोरियोग्राफ गरेका छन् ।


नेपाली फिल्ममा सबै भन्दा धेरै सिरिजको उपाधि लिएको ‘नाइँ नभन्नु ल’ सिरिजका गीतहरुलाई दर्शकले रुचाउँदै आएका छन् । विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ५’ भाद्र ८ गतेबाट प्रदर्शनमा आउंदै छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । यस्तै फिल्मको छायांकन पुरुषोत्तम प्रधान , संगीत बसन्त सापकोटा र सम्पादन अर्जुन जिसीले गरेका छन् । हरिबोल भण्डारी र गौरी जोशीको निर्माणमा बनेको फिल्ममा अनुभव र सेड्रिनाका अलावा स्वस्तिमा खड्का, अभिषेक नेपाल,प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दीलिप रायमाझी, जयनन्द लामा, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + = 24