चमेलीले महिनौँदेखि जस्लाई खाजा खुवाइन्, उसैले छोराको हत्या गर्यो (अपहरणदेखि हत्यासम्मको नालिबेली)

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

भक्तपुर, २१ साउन । काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा पुर्याइएका ११ वर्षीय बालक निशान खड्काको शव हत्या गरिएको अवस्थामा भेटियो ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारको तल एक निर्माणाधीन घरको हिलामा तीन फिट तल गाडिएको अवस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकका मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा मध्याह्न १२ बजे शव भेटिएको थियो ।

वरिष्ठ प्रहरी उपरीक्षक सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घटनामा खटिएका महाशाखाका पाँच टोलीले सूर्यविनायक जंगल क्षेत्रमा केिन्द्रत भएर खोजी गर्ने क्रममा बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भयो ।

महाशाखाबाट खटिएको प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसँगको भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको मृत्यु भएको हो ।

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका– ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजीकै जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भिडन्त भएको थियो ।

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । अपहरणकारीको शव मुचुल्का काठमाडौँस्थित वीर अस्पताल लगिएको छ ।

मृतक बालककी आमा चमेली खड्काले सञ्चालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

साँझ बालकलाई घुम्न जाने बहानामा फकाएर लगिएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरीवृत्त थिमिको प्रहरी टोलीले बताएको छ । साँझ छ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले ८ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुईपटक अपहरणकारीले बालकको आमालाई फोन गरेर ४० लाख फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाएलगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करीब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो ।

सोमबार बिहान अपहरणकारी थिमि धुञ्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो । प्रहरीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा लुकेको सुराकी पाएलगत्तै प्रहरीका् पाँच टोली त्यसतर्फ गएका थिए ।

मृतकका बाबु गणेश केही वर्षदेखि मलेसियामा कार्यरत छन् भने बालक टाउन प्लानिङस्थित हाइल्याण्ड सेकेण्डरी स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 7