प्रचण्ड भन्छन्, भदौ ५ भित्रै केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकता भइसक्छ

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

पर्सा, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका प्रचण्डले २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताएका हुन् ।

अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्ने बारेमा प्रधानमन्त्रीसँग सोमबार मात्र छलफल भएको स्पष्ट पारे । ‘संविधानले व्यवस्था गरेअनुसार संवैधानिक आयोगहरू पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ,’ उनले भने । उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको बताए ।

‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो । त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरूले गर्ने छानबिनमा भर पर्छ,’ उनले भने, ‘संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्न सुनुवाइ समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनुपर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 ÷ = 3