यी हुन् भारतीय नागरिता नभएका बलिउडका चर्चित अभिनेत्री

  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

एजेन्सी,२२ साउन । आफ्नो अभिनय र सुन्दरताको कारण चर्चित बनेका बलिउडका यी अभिनेत्रीहरु जसले भारतबाट नागरिता समेत पाएका छैनन् । तर पनि आफुलाई बलिउडमा स्थापित गराइसकेका छन् । हेरौँ को-को हुन् त नागरिता नभएपनि बलिउडमा कब्जा जमाएका बलिउड हस्तीहरु ।

सन्नी लियोन : पूर्वपोर्नस्टार बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोन बलिउडमा एक स्थापित कलाकार हुन् । सन १९८१ मे १३ मा क्यानडाको सर्नियामा जन्मिएकी सन्नीलियोन इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् । क्यानेडियन अमेरिकन नागरिता भएकी सन्नीको भारतीय नागरिक भने होइनन् ।

ज्याकलिन फर्नान्डिस : सन् १९८५ मा श्रीलंकामा जन्मिएकी अभिनेत्री ज्याकलिन फर्नान्डिसले पनि बलिउडमा राम्रो छवी बनाएकी छन् । २००९ मा रिलिज भएको फिल्म ‘अलादिन’ बाट बलिउडमा डेब्यु गरेकी ज्याकलिनले बलिउडका निकै चर्चित हस्ती अमिताभ बच्चन र अमिताभ बच्चनसंग काम गरी सकेकी छन् । त्यसपछि उनी ‘मर्डर–२’ मा इमरान हासमीका साथमा देखिइन् । उनी पनि भारतीय नागरिक नभएर श्रीलंकाली नागरिक हुन् ।

नरगिस फाखरी : अमेरिकाको न्यूयोर्क सिटीमा जन्मेकी बलिउड अभिनेत्री नरगिस फाखरी सन् १९७९ अक्टोबर २० मा जन्मिएकी हुन् । उनी अमेरिकाकी चर्चित अभिनेत्री तथा मोडल हुन् । उनी जति हलिउडमा चर्चित रहकी छन् त्यतिकै बलिउडमा पनि सफलता हाँसिल गर्न भने सकिन् । उनले बलिउडमा ‘रक स्टार’ बाट डेब्यु गरेकी थिइन् । आफुलाई विश्वको नागरिक भएको चिनाउने अभिनेत्री ज्याकलिनसँग पनि भारतीय नागरिकता छैन् ।

क्याट्रिना कैफ : हङकङमा जन्मिएर पनि बेलायतको नागरिता लिएकी अभिनेत्री क्याट्रिना कैफको जन्म सन् १९८३ जुलाई १६ मा हङकङमा भएको हो । बलिउडमा उनलाई चर्चित अभिनेत्रीको रुपमा चिनिन्छ । उनले आफ्नो अभिनय र सुन्दरताको कारण बलिउडमा निकै राम्रो छबी बनाएकी छन् । उनी भारतको नागरिता नहुने मध्येकी पहिलो नम्बरकी अभिनेत्री हुन् । क्याट्रिनाले फिल्म ‘बुम’बाट बलिउड डेब्यु गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 ÷ = 11