कांग्रेस सभापति देउवा किन जाँदैछन् सिंगापुर ? नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रभावित हुने

  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । एक साता सिंगापुरमै रहने भएपछि देउवाले मंगलबार आकस्मिक पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

बैठकमा समसामयिक राजनीतिक सन्दर्भ, प्रधानन्यायाधीश अस्वीकृत प्रकरणपछि कांग्रेसले संसदमा खेल्नुपर्ने भूमिका, पार्टीको आगामी रणनीति, महासमिति बैठकको तयारीलगायतमा छलफल केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेस सभापति देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका हुन् । हरेक वर्ष उनले सिंगापुरको अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । उनीसँगै श्रीमती आरजु पनि सिंगापुर जाने पारिवारिक स्रोतले जानकारी दिएको छ । सिंगापुर बसाइका बेला आरजुको स्वास्थ्य पनि परीक्षण गरिने भएको छ । देउवाले दुई साताअघि नै सिंगापुर जान लागेका थिए । तर, डा.गोविन्द केसीको अनसन नतोडिएकाले उनले भ्रमण मिति परिवर्तन गरेका हुन् ।

देउवा विदेश जाने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रभावित हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बुधबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता पदेन परिषद्को पदेन सदस्य हुने संवैधानिक व्यवस्था छ ।

यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि नेपाली कांग्रेस सरकासँग असन्तुष्ट छ । अब कांग्रेसले संघीय कानुन बनाएपछि मात्र नयाँ प्रधानन्यायाधीश नियुक्तिमा सहयोग गर्ने भएको छ । आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा पार्टी धारणा तय गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =