फुलकाउली खानुका फाइदा

  • 302
  •  
  •  
  •  
  •  
    302
    Shares

काउली तरकारी बाली हो । काउलीको तरकारी मन नपराउने सायदै कम होला । काउलीमा विभिन्न पोषक तत्वहरु रहेको हुन्छ । यसमा प्रोटिन, फस्फोरस, लौह तत्व, पोटासियम, गन्धक, नियासिन, भिटामिन, लगायतका तत्वहरु रहेको हुन्छ । हामी काउलीको सेवन त गर्छौँ नै तर यसबाट प्राप्त हुने फाइदाको बारेमा भने हामी त्यति जानकार छैनौँ होला । आज हामी काउलीको फाइदाबारे जानकारी दिँदैछौँ ।

१. काउलीको रस निकालेर तिलकोठीमा लगाउनुहोस् । यसो गर्नाले तपाईको त्वचा सफा हुनुका साथै तिलकोठी गायब हुन्छ ।

२. राती सुत्ने बेला काउलीको रस पिउनाले कब्जीयत निको भएर जान्छ । यसका साथै क्षयरोग समेत ठीक भएर आउँछ ।

३. काउलीको रस पिउनाले आँखाको कमजोरी हट्नुका साथै हाड जोर्नी दुख्ने समस्या समेत दूर भएर जान्छ ।

४. पेटको अल्सर भएका विरामीले भोजन पछि दिनको तीन देखि ६पटक सम्म काउलीको रस पिउनुहोस् । यसका साथै पाँच पटक काँचो काउली खानुहोस् ।

५. काउली खानाले बवासिर ठीक हुन्छ । यसको सेवनले पिसाब पोल्ने समस्या समेत हटेर जान्छ ।

६. काउलीको पात मिचेर रस निकाल्नुहोस् । त्यो रसले मुख कुल्ला गर्नुहोस् । यसो गर्दा मुख, गिँजाबाट रगत आउने समस्या बन्द हुन्छ ।

७. काँचो काउलीलाई धोएर चपाउनाले रगत सफा भएर आउँछ । यसले शरीरको चर्म रोग समेत निको बनाउँछ ।

८. काउली र गाजरको रस समान मात्रामा तयार गरेर दैनिक पिउने गर्दा पहेँले रोगले ग्रस्त विरामी निको हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 60