नेकपा सचिवालयको बैठक बालुवाटारमा, पार्टी प्रवक्तादेखि भ्रातृसंगठनको एकता टुंगो लगाउने

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा भ्रातृसंगठनहरूको सांगठनिक एकता प्रक्रियाबारे छलफल हुने भएको छ । साथै, पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले दिएको राजीनामाको विषयमा छलफल हुनेछ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठ नै पार्टीको प्रवक्ता कायम रहेको बताइसकेका छन् । सोही कारण आजको बैठकमा श्रेष्ठलाई राजीनामा फिर्ता गर्न लगाई पहिलेकै जिम्मेवारीमा बस्न आग्रह गरिने छ । प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई फकाउने जिम्मेवारी दिएका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साढे दुई महिना बितिसक्दा पनि पार्टी भ्रातृसंगठनबीचको एकता प्रक्रिया अन्योलमा परेको छ । सोही अन्योलता हटाउँदै संगठानिक एकता प्रक्रियालाई गति दिने विषयमा बैठक केन्द्रित रहने नेताहरूले बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ४ गते पार्टी एकता भए पनि जनवर्गीय तथा भ्रातृसंगठनको एकता प्रक्रिया भने कार्यविधि र नियमावली अभावमा रोकिएको थियो । केन्द्रदेखि स्थानीय तहसम्मको एकता भदौको पहिलो साताभित्र सक्ने गरी तयारी भइरहेको नेकपाले जानएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 18