बलिउडमा जस्तै नेपाली फिल्ममा पनि पुरानो गीत रिमेक गर्ने चलन बढ्दै, अब फेरी बन्ने यो चर्चित गीत

  • 260
  •  
  •  
  •  
  •  
    260
    Shares

काठमाडौँ , बलिउडमा अहिले पुराना फिल्मी गीतलाई फेरी रिमेक गर्ने चलन पुरानो भैसकेको छ । ओके जानुको ‘हम्मा’ देखि जुड्वाको ‘टम्मा’ सम्मका गीतलाई दर्शकले राम्रो साथ दिएका थिए । पछिल्लो समयमा मात्र फिल्म ‘सिर्फ तुम’ बाट साभार गरिएको ‘दिलबर’ गीत नेपालमा समेत युट्युब ट्रेण्डिङ्गमा छ । यसरी पुराना गीतलाई रिमिक्स गर्नु कतिले राम्रो भन्छन् भने कतिले नराम्रो । तर अहिले नेपालमै पनि यो चलन फ़स्टाउन थालेको छ ।


‘छक्का पन्जा २’ को ‘ए दाजु’ देखि ‘कृ’ को ‘उकालीमा पछि पछि’ सम्म आइपुग्दा कतिले तारिफ पाए पनि कतिले बिबादमा नै मुछिन बाध्य भए । अहिले पछिल्लो समय फेरी अर्को गीत नेपाली फिल्ममा रिमेक हुँदै छ । यो गीत अरु कुनै नभएर ‘आज हाम्रो भेट भा’को दिन’ हो जुन गीतलाई आज भन्दा २६ वर्ष अघि फिल्म ‘ज्वाला’मा समाबेस गरिएको थियो । यो गीतमा अभिनेता सरोज खनाल र अभिनेत्री कृष्टि मैनाली नाचेका थिए । यो गीत पुरानो भएता पनि अझै सम्म धेरैको ओठमा झुण्डीरहन्छ । अब यो गीतको रिमेक बन्ने भएको छ आउंदै गरेको फिल्म ”द ब्रेकअप’मा मा । अझ खास कुरा त के छ भने यो गीतमा फेरी सरोज खनाल नै देखिंदै छन्। अहिले शुटिङ्ग भैरहेको यो गीतलाई दर्शकले फेरी कतिको साथ दिन्छन् त्यो भने आगामी दिनमा नै थाहा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

87 ÷ 87 =