बलिउडका यी जोडी अब पर्दामा देखिन हम्मे हम्मे

  • 370
  •  
  •  
  •  
  •  
    370
    Shares

एजेन्सी,२३ साउन । कुनै समय एकअर्काको मायामा भुलेका चर्चित जोडी जसलाई अब एकसाथ देखिन असम्भव जस्तै भएको छ । एक समयमा एक अर्काको मन मुटुमा बस्न सफल यी जोडीलाई दर्शकले पनि निकै रुचाएका थिए । तर सम्बन्ध न हो कति बेला कहाँ पुगेर टुट्छ थाहा हुँदैन् । त्यस्तै भएको छ बलिउडमा एक समय चर्चामा रहेका यी जोडीको जसको सम्बन्ध फिल्मी रुपमा जोडीयो तर अब फिल्मी रुपमा जोडीन समेत हम्मेहम्मे हुने गरि । जबकी अब दर्शकले चाहेर पनि ती जोडीलाई एक साथ देख्न पाउँदैनन् हेरौँ को को हुन् त ती जोडीहरु :

सलमान खान र एश्वर्या राय : रियल र रिल दुवै रुपले निकै रुचाइएको यो जोडी धेरै समय टिक्न सकेन । ‘हम दिल दे चुके’ बाट प्रेम सम्बन्धमा रहेको यो जोडी सलमानकै कारण टुटेको पाइएको छ । एश्वर्या भने अभिनेता अभिषेक बच्चनसँग विवाह गरेर रमाइलो जिन्दगी बिताइरहेकी छन् भने सलमान अझैसम्म अविवाहित नै छन् । लामो समयको प्रेम सम्बन्धपछि ब्रेकअप भएका सलमान र एश्वर्याको नाम अझै पनि जोडिने गरेको छ । तर यो जोडीलाई अब चाहेर पनि एकसाथ देख्न असम्भव जस्तै भएको छ ।

जोन अब्राहम र बिपासा बासु : ‘जिम्स’ फिल्मबाट एकअर्कामा नजिकिएको यो जोडी बलिउडमा निकै रुचाइएको थियो । तर उनीहरुको सम्बन्ध पनि फिल्ममा मात्र रह्यो । हाल यी दुई एकअर्काको नाम लिन समेत चाहदैनन् । जोनले बिपासासंग बे्रकअप लगत्तै प्रिया रुचालसंग बिवाह गरे भने बिपासाको नाम पनि हरमन बावेजा र करण सिंह ग्रोबरसंग जोडियो । यो जोडी पनि पर्दामा देखिने असम्भब नै छ ।

शाहिद कपूर र प्रियंका चोपडा : यो जोडी पनि बलिउडमा एक समय निकै मन पराइएको जोडीमा पर्छ । ‘कमिने’ फिल्मपछि एकआपसमा नजिकिएका जोडीको सम्बन्ध पनि केहि समय मात्र रह्यो । यति धेरै चर्चा पाएको यो जोडीको कम समयमा नै बोलचाल समेत बन्द नै भयो । कतिसम्म भने एक अवार्ड कार्यक्रमको तयारीमा प्रियंका र शाहिदबीच निकै झगडा भएको खबर निकै भाईरल भएको थियो । अब यो जोडी पनि ठूलो पर्दामा देखिन गाह्रो हुने भएको छ ।

रानी मुखर्जी र अभिषेक बच्चन  : विवाहको खबर समेत आएको यो जोडी पनि बलिउडको चर्चामा रहेका थिए । तर अभिषेकको परिवारमा अमिताभ बच्चनले सहमती जनाएपनि जया बच्चनको कारण यी दुईको प्रेम पुरा हुन सकेन । अभिषेकको बिवाह हुँदा रानी निकै बिरक्तिएकी थिईन जसको कारण पनि उनको करियर धरापमा परेको थियो ।

हाल एक छोरीको आमा समेत बनेकी रानी र अभिषेक पनि पर्दामा एक साथ देखिन निकै कठिन छ । बन्टी और बब्ली , युवा , बस इतनासा ख्वाब है , कभि अलबिदा ना केहेना जस्तो फिल्ममा काम गरिसकेका अभिषेक र रानीले एकसाथ अभिनय गरेका थिए । हाल एक छोरीको आमा समेत बनेकी रानी र अभिषेक पनि पर्दामा एक साथ देखिन निकै कठिन छ ।

शिल्पा सेठ्ठी र अक्षय कुमार : सन् २००० मा फिल्म ‘धड्कन’ फिल्मसम्म आइपुग्दा समेत चर्चामा रहेका यी दुईको सम्बन्ध निकै प्रगाढ रहेको थियो । उनीहरुको सम्बन्धमा अर्का बलिउडमा स्टार अक्षयको कारण तोडीएको थियो । नायिका ट्वीकंल खन्नासंग बिवाह गरेपछि यी दुई पनि एकसाथ पर्दामा देखिने सम्भब नै छैन ।

विवेक ओवराय र एश्वर्या : एश्वर्याकै कारण सलमानसँग झगडा समेत गरेका विवेकले सलमानको व्यबहारको कारण आजित भएर पत्रकार सम्मेलन समेत गरेका थिए । सलमानसँगको ब्रेकअपपछि निकै चर्चामा रहेको यो जोडी सलमानको कारण तोडिन पुग्यो । सलमानको धम्की र विवेकले पत्रकार सम्मेलन गरेपछि एश्वर्या विवेकसंग पनि टाढिईन । हाल एकअर्कासंग बोलचाल पनि नरहेको यी दुई एकसाथ फिल्ममा काम गर्न अब सम्भब रहेन् ।

रेखा र अमिताभ बच्चन :  बलिउडमा अमिताभ र रेखाको प्रेमकथा थाहा नभएको प्राय कम नै होलान् । यो जोडीको सम्बन्धले पनि बलिउड निकै तातेको थियो । भनिन्छ अमिताभले आफनो घर बचाउनको लागि पनि पहिलेदेखि नै रेखासंग फिल्ममा काम नगर्ने प्रण गरेका थिए । यसैबीच केहि समय अगाडी एक जना निर्माताको श्रीमतीले अझै पनि रेखाले अमिताभको नामको सिन्दुर लगाउने गरेको अभिब्यक्ति दिएकी थिईन । रेखा र अमिताभको यो जोडीलाई अब फिल्ममा एकसाथ देख्न साच्चै असम्भव रहेको छ ।

करिष्मा कपुर र अभिषेक बच्चन : ईगेज्मेण्टसमेत गरेका यो जोडी ‘हाँ मैने भी प्यार किया है’ फिल्म खेलेसंगै यी दुईको बाटो अलग भयो । सम्बन्ध तोडिएसंगै आफनो ईगेज्मेण्टसमेत तोडे । आखिर के कारणले यी दुईको सम्बन्ध बिग्रियो भन्ने बारे आजसम्म सबै अनबिज्ञ नै छन् । हाल एक अर्कासंग बोलचालसमेत नरहेका यी दुई पर्दामा देखिने विश्वास पनि राख्न सकिन्न ।

अक्षयकुमार र रबिना टण्डन  : लामो समय यी दुई एक अर्काको प्रेमसम्बन्धमा मस्त थिए तर अक्षयको प्ले ब्वाई ईमेजको कारण नै यी दुईको सम्बन्ध बिग्रियो । पर्दामा निकै हिट अनि रुचाईएको यो जोडी हाल एक अर्काको नाम समेत लिईदैन भने फिल्ममा एक साथ काम गर्ने सम्भब नै छैन ।

हरमन बावेजा र प्रियंका चोपडा :  सन २००८ मा फिल्म ‘लव स्टोरी २०५०’ मा काम गर्दा नजिकिएका यी दुईको प्रेम पनि कम चर्चामा रहेन । हरमनको करियर राम्रोसंग अगाडी बढ्न नसकेपछि प्रियंकाले उनीसंगको सम्बन्ध तोडेको कतिपयको भनाई छ भने कतिपयले प्रियंकाले पनि आफनो करियरलाई अगाडी बढाउन हरमसंगको प्रेम तोडेको बताईन्छ । हाल यी दुईको बोलचालसमेत छैन ।

अध्यन सुमन र कंगना रनावत : ‘राज द मिष्ट्री कन्टिन्यूज’ मा काम गरेसँगै आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्ने यो जोडीको सम्बन्ध पनि लामो समयसम्म रहन सकेन् । यी दुईले आफनो करियरलाई अगाडी बढाउन ब्रेकअप गरेको खुलासा गरेका थिए । हाल यी दुई एक अर्काको नाम लिँदा पनि रिसाउने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =