नेकपाको प्रवक्ताबाट राजिनामा दिएका श्रेष्ठले भने, ‘मैले स्वेच्छाले राजिनामा दिएको हुँ, म फिर्ता लिन्न’

  • 186
  •  
  •  
  •  
  •  
    186
    Shares

काठमाडौँ, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्तबाट राजिनामा दिएका नेता नारायणकाजी श्रेष्ठले राजिनामा फिर्ता नलिने भएका छन् । बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा फिर्ता लिन गरेको आग्रह श्रेष्ठले अस्वीकार गरेका हुन् ।

अध्यक्ष्य द्वयले राजिनामा फिर्तालन आग्रह गर्दा आफ्नो स्वइच्छाले राजिनामा दिएको भन्दै सचिवालयले गरेको निर्णयको सम्मन गर्ने बताएको निकट श्रोतले जनाएको छ । श्रेष्ठले, ‘मैले मैले स्वइच्छाले राजीनामा दिएकाले म फिर्ता लिन्न सचिवालय जे निर्णय गर्छ त्यसलाई म सम्मान गर्नेछु । तर दिइसकेको राजीनामा फिर्ता लिन्नँ’ भने ।

श्रोतका अनुसार श्रेष्ठले राजिनामा फिर्ता नलिने बताएपछि यसका विषयमा कुनैपनि निर्णय भएको छैन । यसका विषयमा ठोस निर्णय गर्न बिहीबार दिउँसो २ बजे पुनः सचिवालय बैठक बस्ने बताइएको छ । केही दिनअघि प्रा.डा.गोविन्द केसी अनसन बसेका बेला उनको समर्थन गरेको भन्दै पार्टी अध्यक्षहरुले स्पष्टिकरण मागेकाले उनले प्रवक्ताबाट राजिनामा दिएका थिए ।

बुधबारको बैठकमा समसायिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो तर, बैठक निष्कर्शविहीन भएको छ । बैठकमा नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता श्रेष्ठ, वामदेव गौतम, ईश्रवर पोखरेल र रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 5