नेकपा नेता खिमलाल भट्टराई जापानको एयरपोर्टबाटै फर्काइए, यसकारण पूर्वमाओवादी नेताहरू विदेश जान डराउँछन्

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई जापान सरकारले एयरपोर्टबाटै फिर्ता पठाएको छ । उनी नेकपाबाट राष्ट्रिय सभाका प्रमुख सचेतक पनि हुन् । जापानको हिरोसिमामा आयोजित निःशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन गएका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो ।

भट्टराईसँगै नेकपाकै अर्का युवा नेता एवं अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मालगायत जापान गएका थिए । जापानको हिरोसिमास्थित होटलमा भट्टराईलाई स्वागत गर्न नेपाली प्रतिनिधिहरु उपस्थित रहे पनि उनी होटलमा नपुगेपछि यो तथ्य बाहिरिएको हो । उनी एक साताका लागि जापान उडेका थिए ।

यसअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि जापान सरकारले एयरपोर्टबाटै फर्काइदिएको थियो । तर, नेकपा र कांग्रेसका केन्द्रीय सदस्यलाई जापानको विमानस्थल कार्यालयले प्रवेश नदिएको विषयमा अहिलेसम्म कुनै जानकारी गराएको छैन ।

पूर्वमाओवादी नेताहरू टार्गेटमा

कृषिमन्त्री चक्रपाणि खनाललाई विगत तीन महिनाको अवधिमा युरोपेली मुलुक भ्रमणका लागि तीनपटक नै निमन्त्रणा आयो, तर उनी तीनपटक नै गएनन् । अघिल्लो महिना इटालीको रोममा संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफओ) को बैठकमा कृषिमन्त्री खनाल सामेल भएनन् । नेपाललाई निमन्त्रणा आएका अन्य दुईवटा कार्यक्रममा कर्मचारीलाई पठाइए पनि हुने भएकाले मन्त्री खनालले सचिवलाई पठाए । तर रोममा आयोजित डब्लुएफओको बैठकमा मन्त्री नै सहभागी हुनुपर्ने थियो । कर्मचारी मात्रै पठाएर हुने अवस्था थिएन । दुर्भाग्य उक्त बैठकमा नेपालको प्रतिनिधित्व छुट्यो ।

केही समयअघि इरानमा भएको व्यवस्थापिका संसद्का प्रमुखहरूको सम्मेलनमा सभामुख कृष्णबहादुर महरालाई पनि निमन्त्रणा आएको थियो, तर अन्तिम अवस्थामा उनले भ्रमण क्यान्सिल गरे । सभामुख महरा र कृषिमन्त्री खनाल त उदाहरण मात्र हुन् । केपी ओली सरकारमा माओवादीबाट सामेल भएका प्रायः मन्त्रीहरूले भारत र चीनबाहेक अन्य मुलुक भ्रमणका लागि आएका निमन्त्रणालाई टार्दै आएका छन् । मानवअधिकारको गम्भीर उल्लंघन हुने खालको युद्ध अपराध गर्नेहरूलाई विदेशमा जहाँ देखे पनि पक्राउ गरिने अन्तर्राष्ट्रिय प्रचलन छ ।

माओवादीका धेरैजसो नेताविरुद्ध मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधको मुद्दा दायर भएको बुझिएको छ । त्यही डरले उनीहरू विदेश भ्रमणमा जान हच्केका हुन् । केही वर्षअघि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट आफ्नी श्रीमती भेट्न लन्डन गएका बेला नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतको प्रहरीले पक्राउ गरेको थियो ।

माओवादी जनयुद्धकालमा कपिलवस्तुको ब्यारेक प्रमुख रहँदा आफूलाई मानसिक यातना दिएको भन्दै एक पीडितले उनीविरुद्ध उजुरी दिएका रहेछन् । त्यही उजुरीका आधारमा पक्राउ परी उनले करिब तीन वर्ष बेलायतमा बन्द जिवन विताए । त्यही डर यतिबेला माओवादी नेताहरूलाई छ । दुई वर्षअघि पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले यस्तै डरका कारण अस्ट्रेलिया भ्रमण एकाएक रद्द गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ 10 =