‘नेपाल आइडल सिजन–२’ आजदेखि सुरु हुने, को बन्ला दोस्रो आइडल ?

  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares

काठमाडौं, २४ साउन । चर्चित ‘रियालिटी शो ‘नेपाल आइडल सिजन २’ बिहीबारदेखि सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट हरेक हप्ताको बिहीबार र शुक्रबार राति साढे ८ बजे ‘नेपाल आइडल सिजन–२’ प्रसारण हुनेछ । पहिलो ‘नेपाल आइडल’ ले एपीवान टेलिभिजनमा सबैभन्दा धेरै टीआरपी हासिल गरेको थियो, जुन नेपाली टेलिभिजन इतिहासकै कीर्तिमान थियो । पहिलो ‘नेपाल आइडल’ को उपाधि पोखराका बुद्ध लामाले जितेका थिए ।

‘नेपाल आइडल सिजन–२’ को जुरीमा पनि विगतकै संगीतकारद्वय न्ह्यु बज्राचार्य र कालीप्रसाद बासकोटा तथा गायिका इन्दिरा जोशी रहेका छन् ।

नेपालकै पहिलो गायक रियालिटी शो भएकाले पनि अघिल्लो कार्यक्रम विवादमुक्त हुन सकेन । पहिलो ‘नेपाल आइडल’ का लागि बुद्ध लामासँगै निशान भट्टराई र प्रताप दास प्रतिस्पर्धामा थिए । तर, अनलाइन भोटिङका आधारमा बुद्धले उपाधि जितेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7