हिजो यसरी सँगै जंगलमा बसेर राज्यविरुद्ध लड्ने बादल र विप्लव अहिले कट्टर दुश्मन (तस्बिरसहित)

  • 6K
  •  
  •  
  •  
  •  
    6K
    Shares

काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाविरुद्ध कठोर बन्दै जान थालेको छ । केपी ओली नेतृत्वको सरकारमा धेरै मन्त्री हिजो विप्लवसँगै कथित ‘जनयुद्ध’ मा सामेल थिए ।

तत्कालीन माओवादी आन्दोलनमा प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा बादलपछि विप्लवको धेरै चर्चा हुन्थ्यो । माओवादी सशस्त्र युद्धलाई उत्कर्षमा पु¥याउनेमा बादल र विप्लव दुवैको बराबरी योगदान रहेको बताइने गरिन्थ्यो । तर, तत्कालीन माओवादी शान्तिपूर्ण राजनीतिमा प्रक्रियामा सामेल भएपछि विप्लव असन्तुष्ट बने । प्रचण्ड र बाबुराम भट्टराईलाई यथास्थितिवादीको आरोप लगाउँदै मोहन वैद्य, बादल र विप्लवले छुट्टै पार्टी गठन गरे ।

तर, प्रचण्डसँग छुट्टिएको एक वर्ष नबित्दै विप्लवले वैद्य र बादलसँग विद्रोह गरे र अर्को पार्टी गठन गरे । बादल भने प्रचण्डको माओवादी केन्द्रमा विलय भए । अहिले वैद्य र विप्लव दुवैले आ–आफ्नो पार्टी चलाइरहेका छन् भने बादल मुलुकको गृहमन्त्री छन् । हिजो जंगलमा बसेर राज्यविरुद्ध आन्दोलन र युद्ध गरेको विषयमा बादल जानकार छन् । बादल गृहमन्त्री भएदेखि विप्लव भूमिगत जस्तै छन् ।

वर्तमान सरकार त्यसमा पनि पूर्वमाओवादीबाट मन्त्री बनेकाहरूमाथि विप्लव नेतृत्वको नेकपा खनिएपछि गृहमन्त्री बादल निकै आक्रोशित छन् । उनी जुनसुकै हालतमा आफू गृहमन्त्री भएका बेला विप्लव नेतृत्वको पार्टीको गतिविधि निस्तेज पार्ने रणनीतिमा लागेका छन् ।

अहिले गृहमन्त्री बादलकै निर्देशनमा प्रहरीले मुलुकभरबाट विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ गरेको छ । धेरैले जेलमा राखेको छ । बुधबार मात्रै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो । मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका तीनजना सहयोगीमाथि जबर्जस्ती चन्दा असुली गरिएको अभियोगमा मुद्दा दर्ता गरिएको छ । उनले सात करोड बढी चन्दा उठाएको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 ÷ = 2