सलमान र ऐश्वर्याको प्रेममा बाधक बने शाहरुख

  • 244
  •  
  •  
  •  
  •  
    244
    Shares

एजेन्सी,२४ साउन । एक समयमा निकै चर्चामा रहेका र बलिउडमा निकै रुचाइएको जोडी थियो सलमान खान र ऐश्वर्या राय बच्चन । तर उनीहरुको सम्बन्ध धेरै समय टिक्न सकेन् ।

यद्यपी उनीहरु बीचमा बाधक बने अभिनेता शाहरुख खान । त्यहि कारण आज सम्मपनि शाहरुख खान र ऐश्वर्याको बोलचाल समेत छैन् । सलमानसँगको प्रेम सम्बन्धमा रहेकी अभिनेत्री ऐश्वर्यालाई शाहरुखले आफ्नो फिल्म ‘चल्ते चल्ते’ मा नायिका बनाएका थिए । एक दिन फिल्म सुटिङ स्थलमा पुगेका सलमानले निकै लफडा गरे ।

त्यतिबेला सलमान र ऐश्वर्याबिचमा पनि नराम्रो भयो । उक्त घटनापछि शाहरुखले ऐश्वर्यालाई फिल्म बाट नै निकालिदिएका थिए । उनको ठाउँमा अर्की अभिनेत्री रानी मुखर्जीलाई सामेल गराए । यहि कारण शाहरुखसँग ऐश्वर्या निकै रिसाएकी थिइन् । त्यतिमात्र हैन शाहरुखको फिल्ममा हिरोनी बनेकी ऐश्वर्याले नत फिल्म खेल्न पाइन् नत आफ्नो प्रेमी सलमानलाई नै पाइन् ।

यस्तै विवादका कारण शाहरुख र ऐश्वर्या बिच अझैपनि बोलचाल छैन् । एक अन्तरवार्तामा ऐश्वर्यालाई शाहरुखसँग फिल्म खेल्ने कतिको सम्भावना छ भनेर सोधिएको प्रश्नमा उनले रिसाएको मोडमा भनिन् ‘म शाहरुखसँग फिल्म खेलेर पटक पटक अपमानित हुन् चाहन्न ।’ तत्काल सम्भावन नरहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =