१२७ करोड सम्पतीका मालिक हुन् साउथ फिल्मका सुपरस्टार महेशबाबु

  • 250
  •  
  •  
  •  
  •  
    250
    Shares

काठमाडौं । साउथ सुपरस्टार महेशबाबूले आज ४३ औं जन्मदिन मनाउँदैछन् । साउथ फिल्मका सुपरस्टार महेशबाबुले ४ बर्षको उमेरमा बाल कलाकारको भूमिकाबाट आफ्नो करिअर शुरु गरेका थिए ।

उनले लिड रोलमा भने १९९९ मा फिल्म ‘राजा कुमारुदु’ बाट गरेका हुन् । यो फिल्ममा उनकी हिरोइन थिइन् प्रिती जिन्टा । उनी एक फिल्ममा काम गरेका वापत १८ देखि २० करोडसम्म पारिश्रमिक लिन्छन् ।

उनी अहिले करिब १२७ करोडका मालिक हुन् । २००५ मा मिस इन्डिया तथा बलिउड अभिनेत्री नम्रता शिरोडकरसँग विवाह गरेका महेशले कार कलेश्सन समेत गरेका छन् ।हैदरबादमा उनको आलिशान बंगला छ ।

उनले ‘मुरारी’, ‘बाबी’, ‘ओक्काडू’, ‘अर्जुन’ लगायतका फिल्ममा काम गरेका हुन् ।

फिल्ममा आउनुभन्दा पहिले उनले ३–४ महिना अभिनय समेत सिकेका थिए । उनले निर्देशक एल सत्यानन्दबाट कमर्समा ब्याचलर डिग्री लिएपछि अभिनय सिकेका थिए ।

उनलाई तेलुगु लेख्न र बोल्न समेत आउँदैन थियो । उनको जन्म चेन्नईमा भएको थियो । उनका पाँच भाइ, बहिनी छन् । उनका पिता कृष्णा साउथ फिल्ममा एक्टर थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =