‘कसौटी जिन्दगीकी–२’ मा नयाँ घोषणा, के हुँदैछ अब ?

  • 54
  •  
  •  
  •  
  •  
    54
    Shares

एजेन्सी, २४ साउन । भारतीय टेलिभिजन च्यानल स्टारप्लसमा कुनै जमानामा एक छत्र राज गरेको टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ अब ‘कसौटी जिन्दगीकी–२’ का रुपमा पुनः प्रसारणमा आउँदै छ । यस सिरियलको ट्रिजरसमेत सार्वजनिक भइसकेको छ भने प्रसारण प्रारम्भ गर्ने मिति समेत तय भइसकेको छ ।

यद्यपी यसमा अभिनय गर्ने कलाकरहरु भने अझै सबैको नाम सार्वजनिक भइसकेो छैन । यसैबीच यो सिरियललाई लिएर नायँ घोषणा भएको छ । सिरियलको पहिलो प्रोमोमै प्रस्ट भइसकेको छ कि प्रेरणाको भूमिकामा एरिका फर्नान्डिसले खेल्ने छिन् । तर अनुराग बासुको भूमिका कसले निभाउँछ भन्ने कुराको भने अझै पनि टुंगो लागि सकेको छैन ।

तर नयाँ घोषणा गरेको कुरालपे के प्रस्ट हुन्छ भने अनुरागको भूमिका निभाउने व्यक्ति फिक्स नभएपनि उनको बाबुको भूमिका निभाउने व्यक्ति भने टुंगो लागि सकेको छ । अनुरागको बाबु बन्दैछन्, उदय टिकेकर ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 72