इस्ताबुलमा आप्रवासीको डुङ्गा दुर्घटना नौको मृुत्यु

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

इस्ताबुल, २४ साउन ।  टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएका छन् । 

टर्कीको दक्षिणपश्चिम प्रान्त एदिनको कुसादासी जिल्लामा रहेको तटीय क्षेत्र एजिनमा सो दुर्घटना भएको राज्यद्वारा सञ्चालित माध्यम अनाडोलुले जानकारी दिएको छ । टर्कीको दैनिक समाचार पत्र हुरियेतका अनुसार ग्रीक द्वीपतर्फ गइरहेको यो डुङ्गामा १३ जना गैरकानूनी आप्रवासी सवार थिए ।

तीमध्ये चार जनालाई भने उद्वार गरिएको थियो । एजिन समुद्री मार्ग गैरकानूनी आप्रवासीहरुलाई टर्की हुँदै युरोप भित्र्याउने एक प्रमुख मार्गका रुपमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − = 43