अन्तरिक्ष फौज गठन गर्ने अमेरिकको तयारी

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २५ साउन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नयाँ स्पेस फोर्स अर्थात अन्तरिक्ष फौजबारेका विवरणहरू सार्वजनिक गर्दै अब उनकै शब्दमा “नयाँ युद्धभूमि”को तयारीमा जुट्ने बेला आएको बताएका छन्। उनले सन् २०२० सम्ममा सेनाको छैठौँ साखाको निर्माण गर्न र पाँच वर्षको लागि आठ अर्ब डलर लगानी गर्ने प्रस्ताव पारित गर्न अमेरिकी कंग्रेसलाई आग्रह गरेका छन्।

अन्तरिक्षमा उत्पन्न हुन थालेका खतराहरूको चर्चा गर्ने क्रममा उनले चीन र रुसले अन्तरिक्षको कक्ष नजिकै आफ्ना भूउपग्रह ल्याउन थालेको बताए। उत्तर कोरिया र इरानबाट समेत खतरा उत्पन्न हुनसक्ने उनको भनाइ छ। त्यस्ता क्रियाकलापका कारण अमेरिकी अन्तरिक्ष प्रणालीहरूमाथि अन्तरिक्षमा अभूतपूर्व खतराहरू सृजना भइरहेको उनले बताए । बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 9