मेस्सी बिना खेल्न नसिके अर्जेन्टिना कहिलै बलियो हुँदैन !

  • 471
  •  
  •  
  •  
  •  
    471
    Shares

काठमाडौंः अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने चर्चा पछिल्लो समयमा चुलिएको छ । रसिया विश्वकपमा अर्जेन्टिनाको निराशाजनक प्रदर्शनपछि उनले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिने सम्भावना बढेको बताइन्छ । मेस्सीले सन् २०१६ मा सन्यास घोषणा गरेर फिर्ता लिएका थिए । उनले फेरि संन्यासको सोच बनाइरहेको बताइन्छ ।

मेस्सीको सन्यासको चर्चा भइरहँदा अर्जेन्टिनाका पूर्वखेलाडी जुआन सेबास्टियन भेरोनले अब टोलीले उद्धारका लागि मेस्सीमाथि निर्भर हुन नहुने बताएका छन् ।भेरोन पनि अर्जेन्टिना मेस्सीमा अति नै निर्भर रहेको बताउँछन् ।

‘अब टोली पुनर्गठन गर्ने समय आएको छ । मेस्सी अझै पनि राष्ट्रिय टोलीको हिस्सा बन्न उत्सुक छन् भने उनलाई अलिअलि गरी संलग्न गराउनुपर्छ,’ ईएसपीएन अर्जेन्टिनासँग कुरा गर्दै भेरोनले भनेका छन्, ‘ हामीले अब सधैंका लागि हुने गरी आधार तयार पार्नुपर्छ अनि एउटा सशक्त टोलीको कल्पना गर्नुपर्छ र कसैले आएर हामीलाई उद्धार गरिदेला भनी कुरिबस्न हुँदैन । अरू राष्ट्रिय टोलीहरूले विश्वकपमा गरेको प्रदर्शन हेर्दा समूहलाई नै सशक्त बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।’

मेस्सीले अर्जेन्टिनाका लागि खेलेको १२८ म्याचमा ६५ गोल र ४४ असिस्ट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =