यूरोपियन फुटबलको नयाँ सिजन आज देखि, को–को खेल्दैछन् ?

  • 289
  •  
  •  
  •  
  •  
    289
    Shares

काठमाडौंः आज देखि युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरु हुँदैछ ।  विश्वका ठूला र चर्चित लिगमध्ये प्रिमियर लिग र फ्रेञ्च लिग वान आजदेखि सुरु हुँदैछन् ।

विश्वकै ठूलो मानिने इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार आज राति पौने १ बजे पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले सुरुवाती खेल खेल्दैछन् । खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

यसैगरी फ्रान्सेली लिग वान फुटबल लिग पनि आजैदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो खेलमा आज राति साढे १२ बजे ओलम्पिक मार्सेली र टोलोज आमने सामने हुँदैछन् ।

प्रमियिर लिग र फ्रेन्च लिग वान आजदेखि सुरु हुने भए पनि स्पेनिस ला लिगा र इटलीको सिरी ए अर्को सातादेखि सुरु हुनेछ । त्यस्तै जर्मन बुण्डेसलिगा भने दुई सातापछि मात्रै सुरु हुनेछ ।

कचहरीसँगको सहकार्यमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 ÷ 18 =