साहित्यकार दाहाल यज्ञनिधिको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, २५ साउन । साहित्यकार दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । हाल उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । २०५७ सालमा मृगौला फेल भएपछि डायलसिस गर्दै आएका दाहाल बुधबार डायलासिस गर्ने क्रममा अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

टाउकोमा रगत जमेको र सँगै डायलासिस पनि गर्नुपर्ने भएकाले उनको अवस्था गम्भीर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दुवै मिर्गौलाले काम नगरेपछि दाहालले २०५७ सालको फागुनमा मिर्गौला प्रत्यारोपण गरेका थिए । तर फेरेको मिर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि उनले हप्तामा तीन दिन डायलासिस गराउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 7 =