क्यारिबियन प्रिमियर लिगमा सन्दीप लामिछानेको उत्कृष्ट डेब्यु, दुई विकेट लिएर १२ रन दिए

  • 220
  •  
  •  
  •  
  •  
    220
    Shares

काठमाडौं, २५ साउन । नेपाली क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिजको क्रिकेट प्रतियोगिता क्यारिबियन प्रिमियर लिग (सीपीएल)को डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

बिहीबार राति भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सबाट डेब्यू गर्दै सन्दीपले गुवाना अमेजोन वारियर्सविरुद्ध दुई विकेट लिए । चार ओभरको स्पेलमा सन्दीपले १२ रन खचेका थिए ।

सन्दीपले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट खेलिसकेका चादविक वाल्टन र जोसन मोहम्मदको विकेट लिएका थिए । बलिङमा सन्दीपसँगै ब्याटिङमा क्रिस गेलले उत्कृष्ट प्रदर्शन गरे पनि अन्य खेलाडीको प्रदर्शन फितलो हुँदा सेन्ट किट्स भने प्रतियोगितामा विजयी सुरुवात गर्न चुकेको छ ।

यसअघि सन्दीपले क्यानेडियन क्लबबाट खेलेका थिए । इन्डियन प्रिमियर लिगमा उत्कृष्ट बलिङ गरेपछि उनको चर्चा चुलिँदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 − 71 =