बार्सिलोनाका मिना र गोमेज एभर्टनमा अनुबन्धित

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

काठमाडौंः बार्सिलोनाका डिफेन्डर यारी मिना र मिडफिल्डर आन्द्रे गोमेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन् । बार्सिलोनाले मिनालाई ३२ मिलियन यूरोमा बेचेको हो भने गोमेजलाई लोनमा पठाएको हो ।

गत सिजन बार्साबाट थोरै खेल्ने समय पाएको भन्दै मिनाले क्लब छोड्ने संकेत गरेका थिए । त्यस्तै यसै ट्रान्सफर विन्डोमा क्लिमेन्ट लेंगलेटलाई भित्र्याएपछि मिनाको भविष्य के हुने भन्ने प्रश्न उठेको थियो ।

बार्सामा खेल्ने समय कम पाउनु तथा म्यान्चेस्टर युनाइटेडले माग पुरा नगरिदिएपछि उनी एभर्टन लागेका हुन् । बार्सिलोनाबाट मिनाले मात्र ५ खेल खेल्न पाए तर, उनले विश्वकपमा गरेका प्रर्दशनको कारण बार्साले बढी मूल्यमा बेच्न पाएको हो ।

अवसर पाएर पनि राम्रो प्रर्दशन गर्न नसकेका पोर्चुगिज खेलाडी आन्द्रे गोमेजलाई पनि बार्सिलोनाले एभर्टन पठाएको छ । बार्सिलोनाले डिफेन्डरद्वय लुकास डिने तथा यारी मिनालाई बेचेको भए पनि गामेजलाई भने लोनमा पठाएको हो । लोनमा पठाएपछि बार्सिलोनाले एक वर्षको २.६ मिलियन यूरो पाउनेछन् ।

एभर्टनका प्रशिक्षक मार्को सिल्भाले इंग्लिस क्लबको ट्रान्सफर विन्डो सकिनै लाग्दा गोमेजलाई सम्झाएर क्लबमा आउन भनेका हुन् । त्यससँगै गोमेजले एभर्टनको लागि बार्सिलोनामा नै मेडिकल गरेका थिए । गोमेजलाई वेष्ट ह्याम तथा भ्यालेन्सियाबाट पनि अफर आएको थियो । तर, सँगै बार्सिलोना आएका लुकास डिनेसँगै उनी पनि एभर्टन गएका हुन् । बार्सिलोनाबाट गोमेजले ४६ खेल खेल्दा मात्र ३ गोल गरेका थिए ।

कचहरीसंगको सहकार्यमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 6