नायक सुमन सिंहको आज जन्मदिन, ‘नाइँ नभन्नू ल’ का हिरो कहाँ छन् अहिले ?

  • 8.2K
  •  
  •  
  •  
  •  
    8.2K
    Shares

काठमाडौं, २५ साउन । नायक सुमन सिंहको आज जन्मदिन । सन् १९७४ अगस्ट १० तारिखका दिन कैलालीको धनगढीमा सुमनको जन्म भएको थियो ।

कुनै समयका नेपाली चलचित्र चर्चित नायक सुमन अहिले गुमनाम छन् । सन् २००३ मा निर्देशक तुलसी घिमिरेको ‘दुई किनारा’ चलचित्र बाट रजतपटमा डेब्यु गरेका सुमनले त्यही वर्ष ‘दुःख’ चलचित्रमा अभिनय गरेका थिए । सन् २०१४ सम्म एकपछि अर्को गरी करिब ८० वटा नेपाली चलचित्र अभिनय गरेका सुमन अहिले नेपालमा छैनन् ।

बक्सिङ र जिम्न्यास्टिक खेलका सौखिन सुमन टेलिफिल्म खेल्दाखेल्दै ठूलो पर्दाको चलचित्र खेल्न पुगेका हुन् । उनलाई हास्यकलाकार जितु नेपालले चलचित्र खेल्न सुझाव दिएका हुन् । सुमनले खेलेकामध्ये दुःख, नाइँ नभन्नू ल, ब्याच नम्बर १६, ओम, रंग, पलपलमालगायतका चलचित्र चर्चित छन् ।

निर्देशक विकासराज आचार्यको नाइँ नभन्नू ल सिरिजको पहिलो नायक सुमन नै हुन् । खासगरी एक्सन दृश्यमा सुमन निकै जम्ने गरे पनि उनले धेरैजसो प्रेम कथात्मक चलचित्र अभिनय गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 − = 87