बंगलादेशले नेपालबाट पाँच सय मेगावाट बिजुली किन्ने, ऊर्जा लगानीमा हस्ताक्षर

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं, २५ साउन । बंगलादेशले नेपालको जलविद्युतमा लगानी गर्ने विषयमा नेपाल र बंगलादेशबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

नेपालको तर्फबाट जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खजिन स्रोत राज्यमन्त्री नरसुल हमिदले शुक्रबार एमओयुमा हस्ताक्षर गरेका छन् ।

बंगलादेशका लगानीकर्ताले नेपालीसँगको साझेदारीमा ऊर्जा विकासमा संयुक्त रुपमा लगानी गर्ने भएका छन् । बंगलादेशले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५ सय मेगावाट बिजुली खरिद गर्नका लागि सहमति गरेको छ । पछिल्ला वर्षमा बंगलादेशले नेपालको जलविद्युतमा लगानी गरेर बिजुली किन्ने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 ÷ = 19